साँकेतिक तस्बिर
दार्चुला । दार्चुलामा आज भीरबाट लडेर १ जना प्रहरी जवानका ज्यान गएको छ । थुनुवा भागेर समात्न खोज्दा लडेरका ३० वर्षीय सोहन चौधरीको ज्यान गएको दार्चुला प्रहरीले पुष्टी गरेको हो ।
प्रहरी कार्यालय संगै रहेका भीरबाट लडेर गंभिर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको प्रहरीे प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सोमबार बिहान ११ः३० बजेतिर थुनुवा कक्षमा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर संग बयान लिने क्रममा हतकडी सहित भाग्ने क्रममा चौधरीले समात्न खोज्दा भीरबाट लडेका थिए । भाग्न सफल कुँवरलाई भारतमा रहेको गोरखा रेजिमेन्टले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।
कुँवरले माघ ७ गते २ जना प्रहरीमाथि चक्कु प्रहार गरेको आरोपमा पक्राउ परेका ब्यत्ती भएको प्रहरीले जानकारी दिएको छ । फागुन २० गते पुलघाट क्षेत्रबाट पक्राउ गरेका कुवरले आफ्नै श्रीमती धनिशालाई घरमा बन्धक बनाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी आएपछि बांगा बगरबाट खटिएका हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्नामाथि चक्कु प्रहार गरी घाइते बनाएर फरार भएका थिए ।


