काठमाडौं । भोली हुने राष्ट्रियसभा निर्वाचनकालगि अध्यक्ष पदमा २ जनाको उम्मेदवारी गर्दा गराएका छन् । सत्तागठबन्धनको तर्फबाट माओवादीका नारायण दाहाल र विपक्षी दल नेपाली काँग्रेसको तर्फबाट युवराज शर्माले आज उम्मेदवारी दर्ता गराएका हुन ।
सङ्घीय संसद् भवन नयाँबानेश्वरमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता गठबन्धनका तर्फबाट दाहाल र विपक्षी दलका तर्फबाट शर्माले उम्मेदवारी दर्ता गराएको हो ।
भोली हुने निर्वाचनका लागि आज दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम निर्धारण गरिएको थियो । तात्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल गएको फागुन २० गते सकिएको थियो ।




















