साँकेतिक तस्बिर
काठमाडौं । राजधानीको कोटेश्वरमा बसले ठक्करदिदा ट्राफिक प्रहरी नायब निरीक्षकको ज्यान गएको छ । जुनेली यातायातको बसले ठक्कर दिदा प्रनानि टोपहादुर खत्रीको ज्यान गएको हो ।
फागुन २० गते प्रदेश ३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करले गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा हिजो आइतबार ज्यान गएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी जीवनकुमार श्रेष्ठले बताए ।
ृदुर्घटना गराउने बसका चालक नवराज गिरीले तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो । चालक गिरीलाई सवारी ज्यान शिर्षक मुद्वा दर्ता गराएको छ ।


