गोरखा । आईफोन चोरी अभियोगमा प्रहरीले जराङबाट १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–८ जराङ घर भई हाल गोरखा नगरपालिका–७ नयाँ बसपार्क बस्ने २९ बर्षका सुमन बराम भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
पक्राउ परेका बरामले फागुन २५ गते गोरखा नगरपालिका–५ पस्लाङका कैलास आलेको घरबाट आईफोन एक्स चोरी गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
आलेको घरबाट मोबाईल चोरी भएको अनुसन्धानमा बरामले प्रयोग गरेको देखिए पछी उनलाई पक्राउ गरीएको सुचना अधिकारी श्रेष्ठले बताए । बरामलाई आजै गोरखा सदरमुकामबाट नियन्त्रणमा लिएर खानतलासी गर्दा उक्त मोबाइल फेला परेको पनि उनले जानकारी दिए ।
बरामलाई आजै चोरी कसूर शिर्षकमा मुद्वा दर्ता गरी अनुसन्धानका लागि गोरखा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ । प्रहरीले पक्राउ परेका बरामबा सम्वन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ ।


