काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने भएपछी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी अमेरिका भ्रमण रोकिएको छ ।
उनलाई अमेरिका जान फागुन २४ मा बसेको नयाँ मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएको थियो ।
आउने सोमबार र मंगलबार संयुक्त राष्ट्र संघको आयोजनामा न्युयोर्कमा हुने ‘कमिसन अन दि स्टाटस अफ वुमन’को ६८ओैं सत्रमा भाग लिन मन्त्री चौधरी जाने कार्यक्रम तय भएको थियो ।
मन्त्री नजाने भएपछि उक्त कार्यक्रमका लागि मन्त्रालयका सचिव सुमनराज अर्यालको नेतृत्वको टोली न्युयोर्क गएका छन् ।
प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासकाे मत लिने तयारी गरेका छन् ।


