सप्तरी । जिल्लाको कुनौली–राजविराज सडकखण्डमा पर्ने तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि फेला परेको पुरुषको शवको पहिचान खुलेको छ । उक्त पुरुष राजविराज नगरपालिका–१६ बस्ने राजेशकुमार यादव भएको सप्तरी प्रहरीले पुष्टी गरेको हो ।
पुलमुनि मोटरसाइकलसहित उनको शव भेटिएकाले दुर्घनामा परेर ज्यान गुमाएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी ढुण्डीराज न्यौपानेका अनुसार शवको पहिचान भएसंगै अनुसन्धान सुरु गरिएको छ ।
शव देखीएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।


