साँकेतिक तस्बिर
कालीकोट । कालीकोटको नरहरीनाथ गाउँपालिकामा आज करेन्ट लागेर शिक्षक सहित २ जनाको ज्यान गएको छ । नरहरीनाथ गाउँपालिका–८ मा पर्ने चाखा काल्ढुङ्गा भन्ने स्थानमा शनिबार बिहान करेन्ट लागेर ४३ वर्षीय केशवराज थापा र २७ वर्षीय गङ्गा थापाको घटना स्थलमा नै ज्यान गएको कालिकोट प्रहरीले पुष्टी गरेको हो ।
विद्युत्को सवस्टेशनबाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।
प्रहरीका अनुसार जमिनमा गाडेको विद्युत्को पोल निकालेर अन्यत्र सार्न खोज्दा पोलको माथिल्लो भागले बिद्युतको तारछुन पुग्दा करेन्ट लागेर दुवै जनाको घटनास्थलमा नै ज्यान गएको हो ।
मृतक केशवराज थापा स्थानीय मङ्गलासैनी माध्यमिक विद्यालयको शिक्षक हुन । ज्यानु गुमाउने दुवै जना काका भजित भएको प्रहरीले जनाएको छ ।


