काठमाडौं । पोखरामा एका बिहानै भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्प बिहान साढे ७ बजे ४ रेक्टर स्केलको गएको केन्द्रका वरिष्ठ भूगर्भविद् डा.लोकविजय अधिकारीले जानकारी दिए ।
भूकम्पको धक्का कास्की, तनुहँ, लमजुङ, स्याङजा र पर्वतसम्म महसुस गरिएको केन्द्रले जनाएको छ ।


