गोरखा । ८८औं महाशिव रात्री दिवशको पहिलो दिन गोरखा सदरमुकाममा ब्रह्माकुमारी ईश्वरीय विश्व बिद्यालय गोरखा शाखा (ओंम शान्ति)ले कलश यात्रा सम्पन्न गरेको छ ।
शाखाद्वारा भोली २६ गते शनिबार आयोजित १ दिवशीय श्रीमद्भागवत् गीता ज्ञान यज्ञ बिषयक दार्शनिक प्रवचन कार्यक्रमको पूर्व सन्ध्यामा कलश यात्रा गरेको हो ।
भोली हुने कार्यक्रममा राजयोगिनी ब्रह्माकुमारी अमृताद्वारा प्रवचन हुने शाखा सञ्चालिका पबित्राले जानकारी दिईन ।
१ दिवशीय उक्त कार्यक्रम ‘अलौकिक एकाहा’ नाम दिईएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथी गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगर हुने छन् ।




























