गोरखा । आज महाशिव रात्री तथा नारी दिवशको अवशरमा ब्रह्मा कुमारी विश्व बिद्यालय गोरखा शाखाले सदरमुकाममा २ वटा भिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
गोरखा नगरपालिका–६ को कबर्ड हलमा शाखाले ‘खुशीयाली जीवनको लागि दुब्यसन मुक्त जीवन शैली’ र राजयोग साधना’ सम्वन्धी २ वटा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
शाखाकी सञ्चालिका पबित्राका अनुसार महाशिव रात्री र नारी दिवशलाई यस पटक विशेष गरी मनाउन फरक २ वटा कार्यक्रम राखिएको बताए ।
कार्यक्रममा सहभागीहरुलाई दुब्यसन बारेमा रमन र राजयोगका बारेमा पबित्राले प्रशिक्षण गराएका थिए ।
कार्यक्रम सुरु गनुपूर्व शाखा कार्यालयको कालिमाटी बजारदेखी निस्केको झाँकी सहितको टोलीले शक्तिचोक, पुरानो बसपार्क, पदेली, ठुलो आँगन, तिनधारे, गणेशपाटन, पाटेचौर, गोरखा अस्पताल, घ्याम्पेशालचोक हुदै कवर्ड हल प्रवेश गरेको थियो ।
त्यस्तैगरी, शाखाले भोली शनिबारको लागि १ दिने श्रीमद्भागवत् गीता ज्ञान यज्ञ बिषयक दार्शनिक प्रवचन कार्यक्रम राखेको सञ्चालिकाका पबित्राले जानकारी दिईन । उनका अनुसार उक्त कार्यक्रम बिहान ११ बजेदेखी २ बजेसम्म चल्ने छ । प्रवचन कार्यक्रमर्मा ब्रह्माकुमारी अमृत (अप्सरा) ले प्रवचन दिने कार्यक्रम तय भएको शाखाले जानकारी दिएको छ ।
कार्यक्रम जिल्ला समन्य समितका प्रमुख माेहनबहादुर थापा मगरकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।


