एजेन्सी । नाइजेरियामा बन्दुकधारीको एक समूहले कम्तीमा पनि २८० जना विद्यार्थीको अपहरण गरेका छन् ।नाइजेरियाका अधिकारीहरूले उत्तरपश्चिमी सहर कुरिगामा बन्दुकधारीहरूले उक्त संख्यामा विद्यार्थीहरुको अपरण गरेको बीबीसीले जनाएको छ ।
बिहान विद्यालयको प्रार्थना चलिरहँदा मोटरसाइकलमा सवार बन्दुकधारी विद्यालयमा प्रवेश गरेको प्रत्यक्षदर्शीले बताएको भन्दै बिविसीले भनेको छ । अपहरणमा परेका बालबालिकाको उमेर ८ देखि १५ वर्षसम्मका रहेका छन् ।
अपहरणकारीहरले १ जना शिक्षकको पनि अपहरण गरेको छ । कडुना राज्यका गभर्नर उबा सानीले यस घटनाको पुष्टि गरेका हुन् ।
अपहरणकारी गिरोहहरूले नाइजेरियामा विगत केही वर्षहरूमा विशेष गरी देशको उत्तर–पश्चिमी भागमा सयौँ मानिसहरूलाई अपहरण गरेका छन् ।
कादुनाका गभर्नर उबा सानीले सरकारी माध्यमिक विद्यालयबाट १८७ र स्थानीय प्राथमिक विद्यालयका १२५ विद्यार्थी बेपत्ता भएको बताएका छन् । तर तीमध्ये २५ जना घर फर्किएको पनि बिबिसीले जनाएको छ ।




















