काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको जनाएको छ । अरु बाँकी भू–भागमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ ।
अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको पनि महाशाखाले जनाएको छ ।
आज दिउँसो गण्डकी, कोशी र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाखाशाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ ।


