गोरखा । साना साना नानीहरुले संस्कृती के हो भन्ने कुरा बुझन गारो छ । तर बुझाउने शैलि भएको खण्ढमा उनीहरुले आफ्नो संस्कार र संस्कृती सहजै रुपमा बुझन सक्छन् ।
त्यही संस्कार र संस्कृती बुझाउन अहिले लागि परेको छ गोरखा सदरमुकामको नयाँ बजारमा स्थापना भएको बेष्ट मन्टेश्वरी चिल्ड्रेन होम । यसका संस्थापक तथा प्रिन्सीपल कल्पना श्रेष्ठ हाम्रो समाजले अपनाउदै आएको संस्कार र संस्कृतीका बारेमा साना साना नानी बावुहरुलाई प्रयोगात्मक हिसाबले सिकाउन तल्लीन छन् ।
नेवार संस्कृती गाईजात्रा होस वा सबैले मान्दै आएको कृण्ण अष्टमी । बेला बेलामा पर्ने यस्ता चार्डपवमा उनले साना साना नानी बावुहरुलाई पढाएर या भनेर भन्दा पनि प्रयोगात्मक हिसाबले नै सिकाउने गरेका छन् ।
त्यसैको उदाहरण स्वरुप भोली पर्ने महाशिब रात्रीको अघिल्लो दिन आज उनले आफ्नो चिल्ड्रेन होममा अध्ययनका लागि आएका मध्ये ७० जनालाई शिवरात्री के हो ? शिव को हुन ? त्रिशुल कस्तो हुन्छ र शिवको मन्दिर कस्तो हुन्छ ? भन्ने बारेमा बालबालिकाहरुलाई प्रयोगात्मक रुपमा नै देखाए ।
‘साना साना बालबालिका छन् । उनीहरुलाई शिवरात्री के हो भनेर वा शिवको मन्दिर कस्तो हुन्छ भनेर पढाएर बुझाउन गारो हुन्छ’ उनले भने ‘त्यसैले हामीले हाम्रोमा अध्ययन गरीरहेका मध्ये केहीलाई सिंगारेर बजार घुमायौं र ज्ञान दिने कोशिस गर्यौ ।’ प्रयोगात्मक रुपमा भाग लिएका बालबालिकाहरुले सबैले निधारमा शिवरेखा बनाएका थिए भने कसैल त्रिशुल बोकेका थिए त कसैले डमुरु ।
बजार परिक्रममा क्रममा जय शंभो, हर हर महादेव भन्दै बालबालिकाहरुले नारा समेत लगाएका थिए ।





