काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनैतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेपछि बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी गराउने निर्णय गरेको छ ।
संविधानको रक्षा, गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, सुशासन विकास र स्थिरिताका लागि गठबन्धन गरेर चुनावमा गएको र त्यसक्रममा भएको सहमतिप्रति आफू प्रतिबद्ध रहेको बेला प्रधानमनत्रीले अविश्वसनीय ढंगले गठबन्धन तोडेको कांग्रेसले निष्कर्ष निकालेको हो ।
गठबन्धन तोडेर प्रधानमन्त्रीले देशलाई अस्थिरता र अनिश्चिततातर्फ लगेको कांग्रेसको आरोप छ ।


