धादिङ । धादिङको घाटबेँसीबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ज्यान गुमाउनेहरुमा ५ पुरुष र १ महिला रहेको धादिङ प्रहरीले पुष्टी गरेको हो ।
दुर्घटनामा परेका ३८ जना यात्रुको सकुशल उद्धार गरिएको छ । घाईते मध्ये ७ जनालाई थप उपचारको लागि काठमाण्डौ पठाइएको तथा अरुहरुको भने गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।
कपिलवस्तुबाट काठमाण्डौका जादै गरेको लु २ ख २१२१ नम्बरको बस बिहान ५ बजेतिर गजुरी गाउँपालिका–५ घाटबेँसीबाट त्रिशुली नदीमा खसेको हो । बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक प्रहरीले संकलन गरेको छ ।




















