गोरखा । बैकिङ कसूर गरेको आरोपमा गोरखा लक्ष्मी बजारका भगवान बुढाथोकी प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका–९ घर भएका उनले खातामा पप्र्यात रकम नहुदा नहुदै ९० हजारको चेक काटी दिदा चेक अनादार भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
बुढाथोकीले एकराज अंगाईलाइ उक्त रकमको एभरेष्ट बैंकको चेक दिएको बैंकले पप्र्यात रकम नभएको भन्दै फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक रबिन्द्र अधिकारीले जानकारी दिए ।
बुढाथोकीलाई प्रहरीले गोरखा सदरमुकामबाट पक्राउ गरेको जनाएको छ । फागुन २२ गते मंगलबार पक्राउ परेका बुढाथोकी बिरुद्व बैकिङ कसुर मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ । उनलाई प्रहरीले आफ्नै हिरासतमा राखेर अनुसन्धान थालेको प्रनि अधिकारीले जानकारी दिए ।




















