धादिङ । धादिङको घाटबेशीबाट आज बिहान त्रिशुली नदीमा यात्रु बाहक बस खसेको छ । नम्बर खुल्न नसकेको उक्त बस दुर्घटनामा परी ४ जनाको ज्यान गएको र ३३ जना घाईते भएको शसत्र प्रहरीका सह प्रबत्ता शैलेन्द्र थापालो जानकारी दिए ।
उनका अनुसार आज बिहान ५ बजेको समयमा बस दुर्घटनामा परेको हो । बसमा के कती जना सवार थिए भन्ने बारेमा खुल्न सकेको छैन ।
गजुरी गाउँपालिका–५ घाटबेशी स्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ जादै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद व्यबस्थापन सुरक्षा बेश आदमघाटबाट शसत्र प्रहरी नायब उपरिक्षको कमाण्डमा १८ जनाको टोलीले ३३ जनालाई जिवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको प्रबत्ता थापाले बताए ।
उक्त स्थानमा विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट शसत्र प्रहरी निरिक्षकको कमाण्डमा ६ जना गोताखोर सहित २० जनाको टोलीले पानी भित्र खोजी कार्य जारी राखेको छ ।
घटनाको बिस्तृत विवरण भने आउनै बाँकी रहेको प्रबत्ता थापाले बताए ।




















