काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन भन्दै सत्ता गठबन्धनको ४ दलको बैठक आज बालुवाटारमा बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रालयको बाँडफाँटका लागि एमालेबाट महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा.स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ तोकिएको छ ।
नयाँ सत्ता समीकरणसँगै हिजो एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले पद तथा गोपनीयताको सपथ लिइसकेका छन् । तर उनीहरुलाई कुनै पनि मन्त्रालय तोकिएको छैन ।
सरकारमा सहभागी भएका दलहरूकाबीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ ।




















