काठमाडौं । सत्ता समिकरण परिवर्तन भए लगत्तै ३ जना नयाँ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सपथ लिनेमा नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्यालले सोमबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग मन्त्री पदको शपथ लिएका हुन् ।
सपथ लिएता पनि मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको छैन । सत्ता समिकण संगै माओवादी र एमालेले सातै प्रदेशमा सरकार फेर्ने तर्फ ध्यान केन्द्रित गरेका छन् ।
केन्द्रमा भने आधा–आधा समय सरकारको नेतृत्व गर्ने एमाले र माओवादीले सहमति गरेका छन् ।




















