चितवन । चितवनको भरतपुरमा बसको ठक्करबाट १ जना बालकको ज्यान गएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसको ठक्करबाट ९ वर्षीय आरुष पौडेलको ज्यान गएको चितवन प्रहरीले पुष्टी गरेको हो ।
सोमबार राति भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका पौडेललाई बसले ठक्कर दिदा घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
उनका अनुसार माडी नगरपालिका–८ बस्ने चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोकबाट नियन्त्रणमा लिएको थियो ।
घटनामा बसमा सवार भरतपुर–७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएको प्रहरीले जनाएको छ ।




















