महोत्तरी । मटिहानी–जनकपुर सडकखण्डमा आज भएका सडक दुर्घटनामा परी २ जनाले ज्यान गुमाएका छन् । भारतीय टाटासुमोले ठक्कर २ जनाको ज्यान गएको छ भने १ जना गंभिर घाइते भएको महोत्तरी प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक एवं सुचना अधिकारी दिलीपकुमार गिरीले जानकारी दिए ।
उनका अनुसार जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको टाटासुमोले गएराति पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट ट्र्याक्टरको टेलरमा सवार राइनको ज्यान भएको थियो भने सोही सुमोले विपरित दिशाबाट साइकलमा आउँदै गरेको यावदलाई ठक्कर दिएको थियो ।
सोही टाटासुमोको ठक्करबाट ट्र्याक्टरमा सवार पिपरा–५ का ६० वर्षीय झप्सी कवाडी गम्भीर घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जनाइएको छ । दुर्घटना लगत्तै सुमोका चालक फरार भएको प्रहरीले जानकारी दिएको छ ।


