गोरखा । शहीद सप्ताहको अवसर पारेर माओावादी केन्द्रको भाृतसंगठन योङ कम्युनिष्ट (वाइसिएल) गोरखा र अखिल क्रान्तिकारी गोरखाको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियाेगितामा लक्ष्मीबजारको महालक्ष्मी माध्यमिक विद्यालयकी छात्रा आकृति उपरकोटी पहिलो भएको आयोजक संस्थाले जनाएको छ ।
‘गणतन्त्र स्थापनाका लागि शहीदहरुको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा रानिबनको द ओल्ड क्यापिटल माविकी छात्रा प्रसिद्ध अर्याल दोस्रो, आहालेको सरस्वती माबीकी छात्रा प्रसन्ना घिमिरे तेस्रो र नबज्योती माविकी आयुष्मा रायमाझीले सान्त्वना भएकी वाइसिएल गोरखाका संयोजक सागर श्रेष्ठले जानकारी दिए ।
गोरखा नगरपालिका भित्रका माध्यामिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम, दृतिय, तृतीय र सान्त्वना हुन सफल प्रतियोगीहरुलाई क्रमस नगद १५, १०, ५ र २ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको उनले बताए ।
त्यस्तै प्रतियोगितामा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा गोरखा जिल्लाका इन्चार्ज अमर तमुले यस्ता खालका प्रतियोगिताले विद्यार्थीहरुको क्षमता अभिबृद्धिसंगै इतिहासको बारेमा अध्ययन गर्ने अवसर समेतको सिर्जना गर्ने बताए ।
उनले गणतन्त्र ठूलो बलिदानबाट प्राप्त भएको भन्दै शहीदहरुको योगदानलाई सवैले सम्झीरहनु पर्ने बताए ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य कमला नहर्की, बैकल्पिक केन्द्रीय सदस्य लेखबहादुर थापा, प्रदेश समितिका सदस्य अंकुर तिमल्सिना (आयाम), धना तमु, सरिता लामिछाने, अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव राजन आलेमगर, सचिव रामकृष्ण भट्ट, अखिल क्रान्तिकारी गोरखाका उपाध्यक्ष मिलन सुनार, सचिव सुलभ अम्गाई वाइसिएल गोरखाका सचिव रिजन विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।


