काठमाडौं । काठमाडौँ जिल्ला अदालतबाट लगातार हेलमेट चोरी गरेको आरोपमा गोरखाका १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छन् । हेलमेट चोरी गरेको आरोपमा गोरखा घर भएका संजय थापा मगर पक्राउ परेका हो ।
पक्राउ परेको थापा मगरको घर गोरखा कहाँ हो भन्ने बारेमा प्रहरीले ठेगाना खुलाएको छैन ।
अदालतको गेटबाट लगातार हेलमेट चोरी भएपछि सादा पोशाकमा परिचालित प्रहरीले संजय थापा मगरलाई पक्राउ गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।
अभियुक्त थापा मगरले ४५ हजारसम्म पर्ने हेलमेट चोरी गर्ने गरेका थिए । चोरी गरेका हेलमेट पठाओ राइडरलाई बेच्ने गरेको प्रहरीले जानकारी दिएको छ ।
अदालतको गेटबाट विगत ४–५ महिनादेखि दैनिक हेलमेट चोरी हुने गरेको सूचना अधिकारी पन्थीले बताए । चोरीमा संलग्न आरोपी पक्राउ गर्ने प्रहरीलाई जिल्ला अदालतले सम्मान गरेको छ ।
आरोपी थापा मगरलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरी वृत सिंहदरबारमा पठाइएको छ ।


