गोरखा । गोरखा सदरमुकाम तथा वरपर रहेको बिमा कम्पनीका कर्मचारीहरुले ‘द ईन्स्योरेन्स क्लब’ गठन गरेका छन् । क्लबको अध्यक्षमा रामकुमार श्रेष्ठ चयन भएका छन् ।
गोरखा नगरपालिका–१३ को देउरालीमा भएको भेलाले अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो । उनी एनएलजि इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारी हुन् ।
भेलाले सर्व सम्मत रुपमा निर्माण गरेको समिति उपाध्यक्षमा एशियन लाइफ इन्स्योरेन्सका भाईकाजी आले, सचिबमा प्रभु इन्स्योरेन्सका बुद्वि जोगी र कोषाध्यक्षमा सुर्यज्योती लाइफकी सर्मिला घिमिरेलाई चयन गरेको छ ।
त्यस्तैगरी, सोही भेलाले सदस्यहरुमा शिखर इन्स्योरेन्सका इमानजङ्ग बानियाँ, सलिको इन्स्योरेन्सकी स्वतिका पाख्रेल, नेको इन्सोरेन्स सुवास अधिकारी, नेपाल लाइफका सुरेश अधिकारी र आइएमइ लाइफकी सुनिता श्रेष्ठ चयन भएको क्लबका सदस्य इमानजंङ बानियाँले जानकारी दिए ।
जिल्लामा पहिलो पटक गठन भएको ब्लबले विमा कम्पनीमा कार्यरत कर्मचारीहरुको बृहत्तर हितकालागि काम गर्ने क्लबका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी बताए ।


