साँकेतिक तस्बिर
गोरखा । गोरखा प्रहरी अदालतबाट २ बर्ष कैद सजाय फैसला भई फरार भएकी १ जना महिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका–७ बुङकोटकी ३४ बर्षिया मञ्जु श्रेष्ठ भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
फैसला कार्यान्वयन गर्ने सिलसिलामा गोरखा जिल्ला अदालतबाट कैद र जरिवाना तोकिई फरार रहेकी ति महिलालाई जिल्ला प्रहरी कार्यालयबाट परिचालित फैसला कार्यान्वयन बिशेष टोलीले फागुन १८ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी शेखर खड्काले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकी मञ्जु श्रेष्ठले २०६६ साल माघ ७ गतेका दिन स्त्री जातको बच्चा जन्माई कर्तव्य गरी मारेको घटनामा गोरखा जिल्ला अदालतबाट २०६८ साल माघ ३ गते ३ महिना कैद र ५०० रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।
उक्त मुद्दामा पुनरावेदन हुँदा सर्वोच्च अदालतले २०६९ साल चैत्र २३ गते निजलाई २ बर्ष कैद सजाय हुने फैसला भएको थियो । महिलालाई विशेष सूचनाको आधारमा प्रहरी गोरखा सदरमुकामबाट पक्राउ गरेको थियो ।
पक्राउ परेकी महिलालाई कैद भुक्तानका लागि कारागार चलान गरिएको पनि गोरखा प्रहरीले जानकारी दिएको छ ।



