गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी सेवालाई छिटो छरितो, पारदर्शी र जवाफदेही बनाउ क्युआर कोड प्रयोगमा ल्याएको छ । कार्यालयले फागुन १८ गतेदै सर्व साधारण नागरिकहरुले प्रयोग गर्न मिल्ने गरी क्युआर कोड सार्वजनिक गरेको हो ।
सर्व साधारणले उजुरी गर्न र गुनासो तथा सुझाव दिन सक्ने गरी क्युआर कोड प्रयोगमा ल्याएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी शेखर खड्काले जानकारी दिए ।
गाेरखा प्रहरी प्रयाेगमा ल्याएकाे क्युआर काेर्ड
कार्यालयलाई प्रविधियुक्त बनाउदै लैजाने उद्देस्यका साथ क्युआर कोड सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ । कोडको प्रयोगले प्रहरी सेवालाई छिटो, छरितो, व्यवस्थापन, जवाफदेही, पारदर्शी बनाई नागरिक सु–सम्बन्ध एवम् सुशासन कायम सहयोग पुग्ने विश्वास कार्यालयले लिएको छ ।
कोडको माध्यमबाट अबदेखि सेवाग्राहीहरुले उजुरी तथा गुनासो राख्न र सुझाव सक्ने सूचना अधिकारी खड्काले बताए । कार्यालयमा सेवाग्राही सेवा लिन आउदा देख्न स्थानहरुमा क्युआर कोड टाँस समेत गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




