गोरखा । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा गोरखाको स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका पहिलो भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि अनुसार बारपाक सुलिकोट गाउँपालिकाले ८७.५ अंक ल्याएर जिल्लामै पहिलो भएको हो ।
गण्डकी गाउँपालिकाले ८०.५ अंक ल्याएर स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा द्रोस्रो भएको छ । त्यस्तैगरी, शहिद लखन गाउँपालिका र अजिरकोट गाउँपालिका समान ७५.५ प्रतिसत अंक ल्याएर तेस्रो स्थान पाउको छ भने भिमसेन थापा गाउँपालिकाले ७५ अंक ल्याएर चौथो उत्कृष्ट पालिका बनेको छ ।
उता सिरानचोक गाउँपालिकाले ७० अंक, गोरखा नगरपालिका गोरखाले ६६ अंक, चुमनुब्री गाउँपालिकाले ५० ल्याएर क्रमशं पाँचौ, छौटौ र सातौ स्थानमा परेका छन् ।
मन्त्रालयको कार्यविधि अनुसार हालसम्म देशभरका ५७२ वटा स्थानीय तहको नतिजा सार्वजनिक गरेको हो । स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कनमा उतीर्ण हुनका लागि न्यूनतम ५० अङ्क प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।


