मोरङ । बेलबारीमा आज बिहान भएको सडक दुर्घटनामा परी २ जनाले ज्यान गुमाएका छन् भने अन्य ५ जना गंभिर घाईते भएका छन् ।
शुक्रबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १ ख ९६७६ नम्बरको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसलाई ठक्कर दिँदै सोही दिशामा रहेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दिदा २ जनाको घटना स्थलमा नै ज्यान गएको थियो भन्ने अन्य ५ जना गंभिर घाईते भएका थिए ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा बोलेरोमा सवार झापा कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई र ४४ वर्षीया गीता खनाल भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।
गंभिर घाईते भएका ५ जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । दुर्घटना मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि भएको पनि प्रहरीले जनाएको छ ।


