पोखरा । पोखराको सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोजी गर्न आज बाँध खोलिएको छ । बाँध बिहान ८ बजदेखि खोलीएको कास्की प्रहरीले जनाएको छ ।
बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भन्दै सबैलाई सुरक्षित रहन पनि कास्की प्रहरीले आग्रह गरेको छ ।
नदी वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसलाई चनाखो हुन तथा नदीको किनारमा नजान र सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको हो ।
५ दिनअघि सेती नदीमा माछा मार्ने क्रममा पोखरा महानगरपालिका–१ सिम्पानीका मानबहादुर लामा तामाङ बेपत्ता भएका थिए ।
उनको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले गर्दा पनि फेला नपरेपछि बाँध खोलीएको हो ।


