गोरखा । नेकपा एमाले कास्कीका नेता स्वर्गीय रबिन्द्र अधिकारीमो सम्झनामा गोरखा सदरमुकामको लोकतान्त्रिक चोकमा मैनबत्ती प्रज्वलन गरिएको छ । अधिकारीको छौठौं स्मृती दिवशमा मंगलरबार साँझ मैनबत्ती प्रज्वलन गरिएको हो ।
अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन गोरखाको आयोजनामा मैनबत्ती प्रज्वलनका साथै श्रद्वाञ्जली सभा गरिएको अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष प्रविण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पूर्व पर्यटन मन्त्री समेत रहेका अधिकारीको २०७५ सला फागुन १५ गते पाथीभरबाट काठमाण्डौं फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका थिए । उनी संगै अन्य ६ जनाले पनि सोही दुर्घटनामा ज्यान गुमाएका थिए ।
अधिकारी अनेरास्ववीयका पूर्व अध्यक्ष समेत हुन । मैनबत्ती प्रज्वलन कार्यक्रममा बिद्यार्थी संगठनका विभिन्न पदाधिकारीका साथै नेकपा एमाले गोरखाका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।


