काठमाडौं । आज देशका उच्च हिमाली क्षेत्रमा हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शाखाका अनुसार पहाडी क्षेत्रमा भने आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेनेछ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको भन्दै महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो ।
बिहीबार र शुक्रबार पनि मौसममा आंशिक बदली जारी रहने र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने महाशाखाले जनाएको छ ।


