बारा । बाराको एक वर्कशपमा विस्फोट हुँदा ज्यान गुमाउनेको संख्या घ जना पुगेको छ । सोमबार निजगढ नगरपालिका–७ शहीद चोकको वर्कशपमा विस्फोट हुँदा १ जनाको ज्यान गएको थियो ।
घाईते मघ्ये आज थप २ जनाको ज्यान गएको हो । आज ज्यान गुमाउनेमा भारत गवई घर भएका राकेश जयसवाल र पर्साको वीरगञ्ज महानगरपालिका–९ का रितु रजत भएको प्रहरीले पुष्टी गरेको हो ।
वर्कशपका सञ्चालक रेशम पुलामी मगरको घटना लगत्त ज्यान गएको थियो ।
लेथ ग्यास बेल्डिङ गर्दै गर्दा विस्फोट भएपछि उनीहरू घाइते भएका थिए । सिलिन्डर ग्यास विस्फोट भएको भनिए पनि अझै विस्फोट भएको वस्तु यकिन नभएको बारा प्रहरीले जनाएको छ ।


