गोरखा । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका १ जना पुरुषलाई गोरखा अदालतले पुर्पक्षकालागि गोरखा कारागार चलान गरेको छ । आरोपी शहिद लखन गाउँपालिका–६ ज्यामीस्वाँराका ५५ बर्षका मिनबहादुर थापालाई अदालतले पुर्पक्षकालागि कारागारा चलान गरेको हो ।
स्थानिय १४ बर्षिया बालिका ‘फ कुमारी’ (नाम परिवर्तन)लाई आरोपित थापाले माघ १९ गते बिहान ११ः३० बजेको समयमा ललाई फकाई आफ्नै घरमा लगि बलात्कार गरेको आरोपमा थापालाई प्रहरीले माघ २१ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए । पिडितकी आमाको जाहेरीले थापालाई प्रहरीले पक्राउ गरी जबरजस्ती करणी शिर्षक मुद्वा दर्ता गरी सरकारी वकिलको कार्यालय मार्फत अदालत पेश गरीएको थियो ।
माघ २२ गते अदालतबाट म्याद थप गरी अनुसन्धान सकेर वकिल कार्यालय मार्फत फागुन १४ गते अदालत पेश हुदाँ थुकछेक आदेश मार्फत थापालाई पुर्पक्षकालागि कारागार चलान गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।



