काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बसेको बैठकले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । आज बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
बैठकले सुदूरपश्चिममा गिरिराजमणि पोखरेल, कर्णालीमा कालीबहादुर मल्ल, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, गण्डकीमा दीनानाथ शर्मा,बागमतीमा अग्नि सापकोटा, मधेशमा लीलामणि पोखरेल र कोशीमा हरिबोल गजुरेललाई जिम्मेवारी तोकिएको माओवादी केन्द्रले जनाएको छ ।
त्यस्तैगरी, प्रवास अन्तर्गत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ । विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई जिम्मेवारी प्रदान गरिएको छ ।


