गोरखा । गोरखा नगरपालिका क्षेत्रमा आज बिहान एकै साथ २ फरक स्थानमा सडक दुर्घटना भएको छ । दुर्घटनामा कुनै पनि मानविय क्षति भने हुन पाएन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार गोरखा नगरपालिका–८ को बराह क्षेत्रमा सिमेन्ट बोकेर जादै गरेको ग ३ च १५३८ नम्बरको जीप दुर्घटना भएको हो । सिमेन्ट बोकेको उक्त जीप ब्याक हुदा भिरबाट खसेको थियो ।
दुर्घटनामा कोही कसैलाई पनि क्षती नपुगेको र घाईते समेन भएको कार्यालयले जानकारी दिएको छ ।
आजै बिहान भएको दोस्रो दुर्घटना भने गोरखा नगरपालिका–१३ को ५ किलो भन्ने स्थानमा भएको हो । उक्त स्थानमा रोकी राखेको ट्रिपरमा योद्वा जीप ठोकिदा जीपका चालक सामान्य घाईते भएका छन् । उनको तनहुँमा उपचार डिस्चार्ज भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक शिवप्रसाद पाठकले जानकारी दिए ।
घाईते चालक नुवाकोट जिल्ला बिदुर नगरपालिका–१३ का प्रकाश तामाङ भएको पनि उनले जानकारी दिए ।




















