गोरखा । सिरानचोक गाउँपालिकामा भित्रका करिब १ हजार बालबालिकाहरुलाई दादुरा रुवेला बिरुद्धको खोप लगाइने तयारी पुरा भएको छ ।
पालिका भित्रका ९ महिनादेखि ५ बर्ष भित्रका ९४६ जना बालबालिकाहरुलाई फागुन १६ गतेदेखि २० गतेसम्म दादुरा रुवेला बिरुद्ध खोप कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका स्वास्थ शाखाका प्रमख टुकमान श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकामा बिभिन्न २९ खोप केन्द्रहरुबाट खोप कार्यक्रम सञ्चालन गर्न लागिएको उनको भनाई छ । दादुरा तथा रुवेला सम्बन्धि राष्ट्रिय अभियान अन्तरगतकोे खोप कार्यक्रमको सञ्चालनका लागि पालिका भित्रका सरोकारवालाहरु संग अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न गरिसकिएको शाखा प्रमुख श्रेष्ठले बताए ।
अन्तरक्रियामा कार्यक्रममा दादुरा रुवेलाको खोप लगाउदा बालबालिकाहरुको स्वास्थ्यमा कुनै असर नपर्ने भएकाले ढुक्क भएर लगाउन अनुरोध गरिएको थियो । खोप डब्लुएचओबाट मान्यता प्राप्त भएकाले ढुक्क भएर आफ्नो बालबालिकाहरुलाई लगाउन समेत आग्रह गरिएको उनले जानकारी दिए ।
खोप लगाउने बालबालिकाहरुको खोप कार्ड निःशुल्क रुपमा उपलब्ध हुने गाउँपालिकाले जनाएको छ । खोप लगाए पछिको वा लगाउनु भन्दा पहिलाको अबस्थामा कसैले पनि खोप बारेमा गलत प्रचार नगर्न नगराउन समेत गाउँपालिका स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।




















