गोरखा । तात्कालिन माओवादी–सरकार युद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको २९औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । बिस २०५२ साल फागुन १४ गतेका दिन गोरखाको पुन्द्रुङ स्थित ब्रम्हाचारिणी निमाविको कक्षा ४ मा अध्ययनरत ११ वर्षीय विद्यार्थी रम्तेललाई माओवादीलाई सघाएको आरोपमा विद्यालय हाताभित्रै सुरक्षाकर्मीले हत्या गरेका थियो ।
सोही दिनको सम्झना र सहिद रम्तेलको स्मृतिमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा स्मृतिसभा कार्यक्रम गरिएको हो । रम्तेलको जन्मथलोमा नेकपा माओवादी केन्द्र बारपाक सुलिकोट गाउँपार्टी समितिको आयोजनामा जराङ्ग डाँडामा श्रद्धान्जली सहितको कार्यक्रम गरिएको छ ।
स्मृति दिवसकै अवसर पारेर दिलबहादुर रम्तेल स्मृति पार्क जराङ्ग डाँडामा निर्माण गरिएको र रम्तेलको शालिक अनारवण गरिएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए ।
रम्तेलको शालिक गण्डकी प्रदेस सभाका सभामुख कृष्ण धितालले एक कार्यक्रमका बिच अनारवण ग।रका हुन । दिवसकै अवसरमा बारपाक सुलिकोट गाउँपालिका भित्रका जनयुद्धका शहीद, बेपत्ता परिवार र घाइतेहरुलाई गाउँपालिकाको तर्फबाट १० हजार रुपैया सहित सम्मान कार्यक्रम गरिएको उनले जानकारी दिए ।
दिवसको अवसर पारेर योङ कम्युनिष्ट लिग (वाइसिएल) गोरखा र अखिल क्रान्तिकारी गोरखाले शहीद रम्तेल र कौशिला गुरुङले अध्ययन गरेको पन्द्रुङ जराङ स्थित श्री ब्रम्हचारिणी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत वितरण गरेको वाइसिएल गोरखाका संयोजक सागर श्रेष्ठले जानकारी दिए ।



