काठमाडौं । भजनशिरोमणिको उपमा पाएको गायक तथा सङ्गीतकार भक्तराज आचार्यको आज निधन भएको छ । उनको ८२ वर्षको उमेरमा निधन भएको हो ।
लामो समयदेखि बिरामी आयार्यको उपचारका लागि ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
उनको शव मंगलबार बिहान अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ः०० बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने छ । त्यसपछि आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
आचार्यले मुटु जलिरहेछ, हजार सपनाको मायाँ लागेर आउँछ, जति चोट दिन्छ्यौ देऊ मायालु, माया मेरी साँझ बनी जस्ता दजार्नौ गीतहरू अहिले पनि चर्चामा रहेको छ । उनले भजनका साथै राष्ट्रिय गीत पनि गाउएका छन् ।


