×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भ्रष्टाचारका शैली फेरीदै : आयुत्त सिलवाल

  •  गोरखा समाचार
  • सोमबार, फागुन १४, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । प्रविधिको प्रयोगसंगै भ्रष्टाचारको शैली पनि फेरिको भन्दै अख्यितार दुरुपयोग अनुसन्धान आयोगका आयुत्त किशोरकुमार सिलवालले चिन्ता ब्यत्त गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको आयोजनामा आज गोरखा सदरमुकाममा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा पछिल्लो समय प्रविधीको प्रयोग मार्फत भ्रष्टाचारको शैली परिवर्तन भएको उनले बताएका हुन् ।

    कार्यक्रममा आयुक्त सिलवालले सार्वजनिक खरिद सम्बन्धी ऐनको पूर्णपालना हुनसके भ्रष्टाचार न्युनीकरण हुने बताउदै कानुनको परिपालना गर्नु सवैको जिम्मेवारी भएकोले गल्ती नगरे अख्तियारबाट डराउनु नपर्ने बताए । ‘‘हाम्रो समाजमा कमाउनेहरुलाई पूजा गर्ने कल्चरले पनि भ्रष्टाचारलाई बढवा दिएको छ, आयुक्त सिलवालले भने, ‘‘गलत ढंगले सम्पती कमाउनेलाई अलग्याउन सक्नुपर्छ ।’’

    ‘‘पछिल्ला समयमा ठूला ठूला भ्रष्टाचारहरु प्रविधि र आइटीको प्रयोग मार्फत हुने गरेका छन्, अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखराका सहसचिव कोषहरी निरौलाले भने, ‘‘नक्कली डिजिटल लाइसेन्स प्रकरण लगायतका क्षेत्रमा भएका भनिएका भ्रष्टाचारका प्रकरणमा त्यसैको एउटा उदाहरण पनि हो ।’’

    कार्यक्रममा जिल्ला समन्वय समितिका गोरखाका प्रमुख मोहनबहादुर थापामगरले भ्रष्टाचार न्युनीकरणका लागि अधिकार प्राप्त व्यक्ति स्वंय जिम्मवार हुनुपर्नेमा जोडदिए । अधिकार प्राप्त व्यक्तिले सम्बन्धित कार्यालयबाट भ्रष्टाचार जन्य गतिविधिको नियन्त्रणका लागि थालनी गर्न सुरुवात गर्न सके यस्ता कार्य विस्तारै कमी हुँदै जाने उनको भनाई छ ।

    गोरखा नगरपालिका गोरखामा प्रमुख कृष्णबहादुर रानामगरले पछिल्लो समयमा दुःख दिने नियतले अख्तियारमा उजुरी हाल्ने क्रम बढेको भन्दै अख्तियारले सदनियत वा वदनियतपूर्ण उजुरी के हो भन्नेमा अध्ययन गर्नुपर्नेमा जोड दिए ।

    उनले स्थानीय तहहरुमा देखिएका भ्रष्टाचारका धेरैजसो मुद्दाहरु लिए खाएको वा राज्यलाई हानी भएका भन्दापनि प्रक्रिया नपुगेका मुद्दाहरु धेरै पर्ने गरेको बताए । कसैले आफुले भनेजस्तो नभएपछि काम रोक्नका लागि अख्तियारलाई देखाउने र उजुरी गर्ने गरेको समेत पाइएको भन्दै उनले यस्ता कार्यले कर्मचारीहरु काम गर्नभन्दा पनि पन्छिन खोज्ने क्रम बढ्दै गएको बताए ।

    कार्यक्रममा सहभागी गाउँपालिकामा प्रमुखहरुले अख्तियारमा पर्ने गरेका बेनामी उजुरी लिने मात्र नभएर उजुरी दिनेसंग प्रारम्भिक तथ्य प्रमाणहरु समेत लिएर मात्र अनुसन्धान थाल्नुपर्ने सुझाव समेत दिएका छन् । ‘‘आग्रह र पूर्वाग्रहबाट धेरै उजुरी अख्तियारमा पर्ने गरेको छ, शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले भने, ‘‘अख्तियारले पनि यसमा ध्यानदिनुपर्छ ।’’

    गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले स्थानीय तहहरु प्रति अख्तियारले पनि शंका र आंशका बढी हुने गरेको भन्दै अख्तियारले आंतक सिर्जना गरेर नभई सल्लाह र सुझाव दिएर सहयोग पनि गर्नुपर्नेमा जोडदिए ।

    कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख आसमान तामाङले अख्तियारले परेका उजुरीको स्थलगत अनुसन्धान गरी छानविन गर्ने गरेको बताए । उनले पछिल्लो समय अनुदान वितरणका कार्यक्रममा बढी भ्रष्टाचार हुने गरेको उजुरी आयोगमा पर्ने गरेको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि सम्बन्धित कार्यालय प्रमुख जिम्मेवार हुनुपर्नेमा जोडदिए ।

    कार्यक्रममा पत्रकार महासंघ गोरखाका पूर्वअध्यक्ष तथा हाल नेपाली काँग्रेसका सचिव किशोरजंग थापाले कुनैपनि परियोजनाको प्रारम्भमा बोलपत्र आवहनका क्रममा निस्कने सूचनामा नै बढी भ्रष्टाचार हुने गरेको बताए । उनले अख्तियारमा पर्ने उजुरीका आधारमा नभई उजुरीको अध्ययन गरी शंका लागेमा मात्र अख्तियारले आवश्यक प्रक्रिया अगाडी बढाउन पर्नेमा सुझाव दिए ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, फागुन १४, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.