पोखरा । पोखरा महानगरपालिका–१७ महतगौडा स्थित सेती नदिमा माछा मार्ने क्रममा बेपत्ता भएका २ जना मध्ये १ जनाको ज्यान गएको छ भने अर्का १ जनो बेपत्ता भएका छन् ।
ज्यान गुमाउने ब्यत्तिको शब सशस्त्र प्रहरिले निकालेको छ भने अर्को ब्यत्तिको खोजिकार्य जारी रहेको सशस्त्र प्रहरीका सह प्रबक्ता प्रहरी नायब उपरिक्षक शैलेन्द्र थापा जानकाी दिए ।
माछा मार्न गएका ५ जना मध्ये सोही महानगरपालिका–१ कसेरी बस्ने ४० बर्षका मंगा तामाङ्ग ढुङ्गामा अड्किएको अबस्थामा मृत फेला परेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की बाट गएको गोताखोर र बिपद् उद्दार टिम सहितको टोलीले गए राती १२ः४५ बजे शब निकालेको सह प्रवत्ता थापाले बताए ।
बेपत्ता भएका सोही ठाउँका ४३ बर्षका रक्सेस तामाङ्गको गोताखोर र बिपद् उद्दार टिमले खोजी कार्य जारी राखेको छ ।
शब पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेको थापाले जानकारी दिए ।




















