गोरखा । आज गोरखा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । पालिकाको स्वास्थ्यकर्मीको निधन भएकोभन्दै पालिकाले सोमबार शोक बिदा दिएको हो ।
आइतबार गोरखा नगरपालिका–१४ को प्यूघर बेशी स्वास्थ्य चौकीमा कार्यरत अहेब किशोरबावु सेढाईको निधन भएको थियो । श्रेष्ठको निधनमा उनको सम्मानको लागि पालिकाले आज सार्वजनिक बिदा गरेको हो ।
आइतबार नै जारी सूचनामा नगरपालिका भित्र रहेको शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालय र नगरपालिका तथा मातहातका कार्यालय शोक मनाउन बिदा दिएको भनिएको छ ।



