काठमाडौं । रुसी सेनामा रहेका ५३१ जना नेपाली युवा मध्ये २७२ जना सम्र्पक बिहीन भएको तथ्य सार्वजनिक गरिएको छ । आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले रुसी सेनामा ५३१ जना मध्ये २७२ जना नेपाली सम्र्पक बिहीन भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।
अभियानले शनिबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्याङ्क अनुसार १६ जनाको ज्यान गएको छ । उनीहरुको काजक्रिया पनि भइसकेको छ ।
यस्तै ११६ जना घाइते र २७२ जना सम्पर्कविहीन रहेका अभियानको दाबी छ । अभियानकी संयोजक कृतु भण्डारीले सम्पर्कमा आएका पीडित परिवारका आधारमा तथ्याङ्क तयार पारीएको बताए । उनले रुसी सेनामा रहेका नेपाली युवाको उद्धारका लागि सरकारलाई दबाब दिन विवरण सङ्कलन थालेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा सम्पर्कमा आएका ५३१ जनामध्ये १२७ जनाका परिवारले आफन्तलाई घर फर्काउन पहलका लागि विवरण टिपाएका पनि जानकारी गराईएको थियो । रुसी सेनामा रहेका १ हजारभन्दा बढी युवाका परिवार अनौपचारिक रुपमा आफ्नो सम्पर्कमा आएको कार्यक्र्रममा जानकारी गराइएको थियो ।
अभियानले रुसी सेनामा रहेकोहरुको सकुशल घर फिर्ताका लागि रुसी दूतावास, संयुक्त राष्ट्रसङ्घको कार्यालय, विभिन्न राजनीतिक दलका कार्यलयमा ध्यानाकर्षण गराइसकेको छ ।


