मुग्लिन । मुग्लिन नजिकै रहेको तुइन खोलामा पहाड काट्न दैनिक ४ घण्टा दैनिक बन्द हुँदै आएको मुग्लिन–नारायणगढ सडक आजदेखि बन्द नहुने भएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार पहाड काट्ने काम अन्तिम चरण पुगेकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको हो ।
उनका अनुसार अब बढीमा २ मिटर जति कटानको काम बाँकी रहेकोले सवारी खुल्ला गरेरै कामलाई निरन्तरता दिन लागेको हो ।तुइन खोलामा पुल निर्माणका लागि लामो समयदेखी सडक बन्द गरेर काम हुदै आएको थियो ।
६० मिटर अग्लो पहाड कटान गर्न गएको पुस ५ देखि फागुन २० गतेसम्म दैनिक ४ घण्टा बाटो बन्द गरिदै आएको थियो । यो सडकखण्ड भएर दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्दछ ।


