गोरखा । गोरखाको देउरालीमा २ जना नाबालिकालाई बलात्कार गर्न प्रयास गरेको आरोपमा प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१४ देउराली, सलाङगिरीका ५७ बर्षका सिताराम भन्ने दलबहादुर विक भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार स्थानिय ७ बर्षिया ‘य’ र ९ बर्षिया ‘र’ (नाम परिवर्तन)बालिकालार्ई करणी गर्ने आशयले नजिकै रहेको झरौटे धारा वनमा लगी करणी उद्योग गरेको आरोप लागेको छ ।
आरोपित विकले फागनु ९ गते बुधकार दिउसो ११ बजेको समयमा जंगल लगेको भन्दै उनी बिरुद्व पिडितका आमाहरुले किटानी जाहेरी दर्ता गराए लगत्तै फागुन १० गते पक्राउ गरिएको हो ।
पक्राउ परेका बिकलाई जबरजस्ती करणी उद्योग कसुर शिर्षकमा मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट फागुन ११ गते शुक्रबार अनुसन्धानका लागि म्याद थप गरिएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेको पनि प्रहरीले जनाएको छ ।


