चाेरीकाे आराेपमा पक्राउ परेका श्रेष्ठ र उनकाे काेठाबाट प्रहरीले बरामद भएकाे बाकस, नगद र चुराेट
गोरखा । उत्तरी गोरखाको भच्चेक बजारमा रहेको एक पसलबाट नगद र चुरोट चोरी गरेको आरोपमा गोरखा प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा आमछोदिङमो गाउँपालिका–५ घ। भई हाल अजिरकोट गाउँपालिका–३ भच्चेक बजार बस्दै आएका बर्ष २५ को केशव श्रेष्ठ भएको पुष्टी भएको हो ।
आरोपित श्रेष्ठले भच्चेक बजारमा रहेको सम्झना गुरुङले सञ्चालन गर्दैै आएको खाजा घरबाट नगद ३८ हजार २५ रुपैयाँ र १६ पाकेट खुकुरी चुरोट चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार चोरीमा संलग्न भनिएका श्रेष्ठले फागुन १० गते बुधबार राती १ बजेको समयमा खाजा घरको चाल्ता फुटठाएर बाकसमा भएको नगद र चुरोट चोरी गरेका हुन् । चोरी भएको रकम र चुरोट आरोपितको कोठाबाट प्रहरीले बरामद गरेको थियो ।
उनी बिरुद्व नकवजनी चोरी शिर्षक मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गराएको पनि जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । पक्राउ परेका श्रेष्ठका सम्वन्धमा प्रहरी अनुसन्धान सुरु गरेको जनाएको छ ।


