गोरखा । गोरखामा ११ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गण्डकी गाउँपालिका–२ ताङलाचोकका आशिष चेपाङ र ईश्वर चेपाङ भएको प्रहरीले पुष्टी गरेको हो ।
आरोपितहरुले फागुन ८ गते मंगलबार राती ९ः३० बजेको समयमा स्थानिय ११ बर्षिया ‘म कुमारी’ (नाम परिवर्तन)लाई आशिषले ललाई फकाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गर्ने प्रयास गरेको र ईश्वरले उक्त कार्यमा सहयोग गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पिडितका बावुले प्रहरीले किटानी जाहेरी दिए लगत्तै ९ गते बुधबार पक्राउ गरी हो । पक्राउ परेका दुवै जना बिरुद्व जबरजस्ती करणी शिर्षक मुद्वा गरी फागुन १० गते बिहीबार गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरीएको छ ।
प्रहरीले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान थालेको जनाएको छ ।



