गोरखा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङकनमा गोरखाको आरुघाट गाउँपालिका उत्कृष्ट भएको छ ।
आयोगले हालै सार्वजनिक गरेको आर्थिक बर्ष २०७९-०८० को कार्यसम्पादन मूल्याङकमा आरुघाट गाउँपालिकाले ४८.९५ अंक ल्याएर ल्याएर जिल्लाकै उत्कृष्ठ सावित भएको हो ।
आयोगले गरेको कार्यसम्पादन मूल्याङकनमा भीमसेन थापा गाउँपालिका जिल्लामा दोस्रो भएको छ । ४४. ५५ प्रतिशत अंक ल्याएर कार्यसम्पादनमा भीमसेन थापा गाउँपालिका उत्कृष्ट दोस्रो पालिका बन्न सफल भएको छ ।
आयोगले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाले ४३।५४ अंक ल्याएर कार्यसम्पादन मूल्याङकनमा तेस्रो भएको छ भने सिरानचोक गाउँपालिका ४३.४० अंक ल्याएर चौथो स्थानमा छ ।
यस्तैगरी, अजिरकोट गाउँपालिकाले ४२.९१ अंक ल्याएर पाँचौ, पालुङटार नगरपालिका ४०.६० अंक ल्याएर छैटौँ, शहीद लखन गाउँपालिकाले ४०.३७ अंक सहित सातौ भएका छन् । गण्डकी गाउँपालिका गण्डकी गाउँपालिकाले ३८.४५ आठौँ, चुमनुब्री गाउँपालिका ३७.०७ अंक ल्याएर नवौँ, गोरखा नगरपालिका २८.६३ अंक ल्याएर दशौँ र धार्चे गाउँपालिकाले २८.११ अंक ल्याएर अन्तिम स्थानमा रहेको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
आयोगलेस्थानीय तहहरुको कार्यसम्पादन मूल्याङकन कार्यविधि २०७८ को दफा ७ अनुसार स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङकन गरी अंक प्रदान गरेको हो । उक्त कार्यविधिमा स्थानीय तहहरुका कार्यसम्पादन मूल्याङकन लागि बिभिन्न १७ सूचक र अन्य उपसूचकहरु निर्धारण गरिएको छ ।




















