गोरखा । गोरखा सदरमुकाममा जारी मिस्टर बि आठौंँ गोरखाकाली रनिङ कप फुटवल प्रतियोगितामा अन्तरर्गत बुधबार भएको २ वटा क्वाटर फाइनल खेल सम्पन्न भएको छ । सम्पन्न प्रतियोगिताम दौतरी युवा क्लब चित्रेपोखरी र भिमसेन तारा युवा क्लब बिजयी भएको हो ।
प्रतियोगिता अन्तरर्गत दौतरी युवा क्लब चित्रे पोखरी र अलस्टार युवा क्बल आँबुखैरेनी, तनहुँ बिच पहिलो खेल भएको थियो । दौतरी युवा क्बलले अलस्टार क्लबलाई १–३ ले पराजित गरेको थियो । दौतरीको जीतमा शिशिर लेखी, समिर ढकाल र सिबीले समान १–१ गोल गरेका थिए ।
उता अलस्टार क्लबका लागि योमीले १ गोल गरेका थिए ।
प्रतियोगिता अन्तरर्गत दोस्रो खेल भीमसेन तारा युवा क्लबले पृथ्वी युवा क्लबलाई १–३ ले पराजित गरेको छ । खेलमा भीमसेन ताराको तर्फबाट समिर थोकर, आशिस पुर्जा र फोकोनाले समान १–१ गोल गरेका थिए भने पृथ्वी युवा क्लबका उत्तम शाहीले १ गोल गरेका थिए ।
जित संगै दुवै टिमले सेमिफाइनलको यात्रा तय गरेको छ ।
प्रतियोगिता अन्तर आज दिउसो १ बजे चाईनिज धारा फेमिली तथा खोप्लाङ एफसी र याङकोट युवा क्लब तथा हरमटारी क्लब बिच ३ बजे खेल हुने छ । आयोजक हरमटारी र अर्का खोप्लाङ एफसी भने बाईमा परेको समूह हुन् ।



