गोरखा । गोरखा सदरमुकामको द्रव्य शाह बहुमुखी क्याम्पसमा भ्रष्टाचार र अनियमितता मौलाउदै गएको भन्दै विभिन्न विद्यार्थी संगठनहरुले तालाबन्दी गरिदिएको छ ।
क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी र अनेरास्ववियुगरी ३ बिद्यार्थी संगठनले संयुक्त रुपमा ताला गरिदिएको अखिल क्रान्तिकारीका क्याम्पस एकाइका अध्यक्ष अनिश अर्यालले जानकारी दिए ।
बुधबार दिउसो ति संगठनहरले लक्ष्मीबजारमा रहेको क्याम्पसमा तालाबन्दी गरिएको हो । प्रशासनले क्याम्पास भएको भ्रष्टाचार र अनियमितताको विषयमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत अटेरी गरी सोही काम दोह्याउदै गएको भन्दै विद्यार्थीले ताला लगाएका हुन् ।
स्वतन्त्र विद्यार्थी युनियनका स्ववियु सभापति रौनक घिमिरेका अनुसार क्याम्पसमा आर्थिक हिनामिनाको प्रमाण चाँडै बाहिर ल्याउने तयारी भई रहेको छ ।


