गोरखा । कोरिया पठाइदिन्छु ठगी गरेको आरोपमा गोरखा नगरपालिका–१४ देउराली घर भएका बावुराम थापालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको सामाखुशी बस्ने ३५ थापाले विभिन्न ब्यत्तिसंग ९ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
थापाले ३ जनालाई वैदेशिक रोजगारीका लागि कोरिया पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक २ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जानकारी दिएको छ ।
थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




















